तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), २३ वैशाख । राप्ती गाउँपालिका वडा नं. १, ६ र ७ का चार योजनाहरुको अनुगमन गरिएको छ । वडा नं. १ को कृषि बिपी मार्ग चैते, ठुलो कुवा पश्चिम प्रगन्नासम्म कृषि मार्गमा कल्भर्ट निर्माण, वडा नं. ६ को ज्ञानोदय माध्यामिक विद्यालय पर्खाल निर्माण, बगरापुर होमस्टे सामुदायिक भवन निर्माण, वडा नं. ७ को सगरमाथा महिला भवनको जग निर्माण योजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, कार्यपालिका सदस्य ताराकुमारी चौधरी, असिस्टेन्ट सव इन्जिनियर महेश्वर चौधरी, सञ्चार संयोजक तिर्थराज ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।अनुगमन गरिएका योजनाहरुको कार्य अवस्था, प्रगति, सुधार गर्नुपर्ने कुराहरु, अब्बल पक्ष र दुर्बल पक्ष हेरिएको थियो । सोमवार अनुगमन गरिएको योजनाको कुल बजेट १९ लाख ५० हजार बराबरको रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस