दाङ, २६ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले ज्येष्ठ नागरिकहरुको उपचार घर घरमै पुगेर गर्ने अभियान थालेको छ । विहीवार वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका श्याम डाँगी चिकित्सकसहितको टोली लगेर ज्येष्ठ नागरिकको उपचार गर्न ज्येष्ठ नागरिकको घर घरमा पुग्नु भएको हो । उहाँले वृद्धवृद्धाहरुलाई चेवनप्रास, नङकट, रुमाल, सावुन, ह्याडप्लासलगायतका सामग्री समेत ज्येष्ठ नागरिकलाई हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नुभएको हो ।वृद्ध भएपनि एक्लै हिड्न वा आफै हिडेर औषधि उपचारमा जान पनि नसक्ने अवस्था हुन्छ वडाध्यक्ष डाँगीले भन्नुभयो,– कतै त पारिवारिक विखण्डनसमेत रहेको देखिएकाले ज्येष्ठ नागरिकको स्वास्थ्य हेर्ने र औषधि उपचार गर्ने काम स्थानीय सरकारले गर्न लागेको हो । उहाँले यो अभियान प्रत्येक महिना चल्ने समेत बताउनुभयो । १२ नं. वडाभित्र ८० वर्षमाथिका झण्डै ५० जना ज्येष्ठ नागरिक रहेको भन्दै वडा कार्यालयले उहाँहरुको नियमित स्वास्थ्य जाँच गरिने जनाएको छ ।

अभियान अन्तर्गत कपडादेवी, टरिगाउँ, गरिगै, कौवापुर, कचिला, हरिपौरा, क्वागीलगायतका थुपै टोलमा अभियान चलाइने कार्यालयले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहाललगायतको टोली ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचमा खटिएको छ ।ज्येष्ठ नागरिक सामाजिक सुरक्षाको व्यवस्था गर्ने चुनावी प्रतिवद्धता पुरा गर्न वडा नं. १२ लागि परेको छ । विहीवार टरिगाउँका ८० वर्षीय गानु चौधरी, ९१ वर्षीय शोभाराम रेग्मीलगायत १० जनावढिको स्वास्थ्य परिक्षण गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस