दाङ, २६ वैशाख । जिल्ला अदालत दाङ र जिल्ला वार इकाई दाङको संयुक्त आयोजनामा ६८ औ कानुन दिवस विहीवार घोराहीमा मनाइएको छ ।

सो अवसरमा बोल्दै वक्ताहरुले समय सापेक्ष कानुन निर्माणमा जोड दिए । उनीहरुले पहुँच हुनेहरुका लागि कानुन नभएको जस्तो हुनु दुर्भाग्य भन्दै कानुनको समान कार्यान्वयनको आवस्यकता औल्याए । गलत कानुनले सहि न्याय दिन नसकिने भन्दै वक्ताहरुले उचित कानुन निर्माणका लागि विधायिकाले ख्याल गर्नुपर्नेमा जोड दिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी एवं उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुवेदीले न्याय जोगाएमात्रै लोकतन्त्र जोगिने बताउनुभयो ।

जिल्ला न्यायाधिस हेमन्त रावलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिस हरिप्रसाद शर्मा पंगेनी, जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपाली,नेपाल वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, बार काउन्सीलका केन्द्रीय पार्षद विरबहादुर रोका, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला बारका अध्यक्ष प्रदीप गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन श्रेष्तेदार धनीप्रसाद चपाइले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस