घोराही, २६ वैशाख । मानवअधिकार निगरानी समूह लक्ष्मीपुरको बैठकले विद्यालयमा ड्रपआउट रोक्न वडा कार्यालयसंग आवस्यक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ । समुहकी अध्यक्ष खिमा अधिकारीको अध्यक्षतामा बसेको समूहको बैठले यस्तो निर्णय गरेको हो ।

लक्ष्मीपुरमा अतिविपन्न वर्गका वालवालिकाहरुलाई विद्यालय भर्ना गराइएको र नियमित विद्यालय पठन पाठनमा पठाउन समस्या भएको भन्दै वडा कार्यालयसंग आवस्यक सहयोगका लागि पहल गर्ने निर्णय गरिएको हो । बैठकपछि निगरानी समूहले वडा कार्यालयसंग शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका विषयमा छलफल समेत गरेको छ ।

यसैवीच मानवअधिकार निगरानी समूह सौडियारले वर्षे खेतिका लागि आवस्यक रासायनिक मल र विउको सहज मलको अभाव देखिन थालेको, कृषि सामग्री संस्थानले कोटामा आएको मल सकिन लागेको र फेरि आउने अवस्था नरहेको बताएको भन्दै कृषकहरुलाई सहज आपुर्तिका लागि स्थानीय सरकारसंग पहल गर्ने निर्णय समेत गरेको छ । निगरानी समूहका उपाध्यक्ष लौटन चौध उपलव्धताको व्यवस्था मिलाउन स्थानीय सरकारलाई आग्रह गरेको छ ।निगरानी समूहको विहीवार बसेको बैठकले रासायनिक रीको अध्यक्षतामा बसेको बैठकले नयाँ शैक्षिक सत्रका क्रममा सरकारी भर्ना अभियान कार्यक्रमलाई सफल बनाउन सहकार्य गरिएको र भर्ना भएका अति विपन्न वर्गका वालवालिकाको नियमित पठन पाठनका लागि स्थानीय सरकार र दाताहरुसंग आवस्यक सहयोगको पहल गर्ने निर्णय समेत गरेको समूहका सचिव रामदीपक चौधरीले बताउनुभयो ।

यसैगरी बैठकले वडा नं. ७ संगको सहकार्यमा सौडियारमा एकिकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस