तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), २६ बैशाख । राप्ती गाउँपालिकाको भुल्केमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । राप्ती गाउँपालिका पशु स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्तर्गत वडा नं ५ को भुल्केमा पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
वडा नं ५ का अध्यक्ष गोवर्धन रावतले पशुहरुलाई औषधि खुवाएर शिविरको सुरुवात गर्नुभएको थियो । शिविरमा ३ सय ४५ बाख्रा, ४५ गाईगोरु, ५ भैसी, २४ बंगुर, ५० कुखुराहरुको परिजिवी नियन्त्रणका लागि औषधि दिइएको छ भने ४० गाईगोरु, ५ भैसीमा भ्यागुतेरोग विरुद्ध खोप लगाइएको छ ।
शिविरमा २५ बंगुरमा स्वाइनफिवर विरुद्ध खोप, २४ पशुको स्वास्थ्य उपचार गरिएको छ भने खोरेत विरुद्ध खोप र ३१ बोका र २२ गोरुको बन्ध्याकरण गरिएको छ । पशु सेवा शाखा, राप्ती प्राविधिक शिक्षालयका पशु विज्ञानका तेस्रो वर्षका तथा आईएसिजी दोस्रो वर्षका २६ विद्यार्थीहरुको समेतको शिविरमा सहभागिता रहेको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस