तिर्थराज ज्ञवाली

बराखुट्टी, २७ बैशाख । लालमटिया बृहत खानेपानी उपभोक्ता तथा सरसफाई समिति राप्ती गाउँपालिका वडा नं २ बराखुट्टीले विभिन्न माग गर्दै खानेपानी मन्त्रालय काठमाण्डौमा  डेलिकेशन जाने तयारी गरेको समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिनुभएको छ ।
बैशाख २३ गते बसेको समितिको बैठकले निर्णय गरे अनुसार खानेपानीको अधुरो कार्यक्रम पूरा गर्नका लागि र क्षेत्र विस्तार गरी स्वच्छ पिउने पानी उपभोक्तासम्म पुर्‍याउनको लागि रकम आवश्यक परेकोले खानेपानी मन्त्रालयमा आवश्यक बजेटको व्यवस्थाको लागि डेलिकेशन जाने तयारी गरेको हो ।
आवश्यक बजेटको व्यवस्थाको लागि डेलिकेशन जाने तयारी गरेको अवस्थामा राप्ती गाउँपालिकाको सिफारिस प्राप्त गरिएको र यथासक्य छिटो मन्त्रालय गइने समितिका अध्यक्ष गिरीले जानकारी दिनुभएको छ ।
चार लाख लिटरको रिजर्भवेसन टंकी, थान–१,करिब १० किलो मिटर पाइप लाईन विस्तार, जेनेटर थान–१,सुरेश भल्व विभिन्न साईजका थान–३०,जी.आई.एल, टी विभिन्न साईजको, थान–५०,जी.आई.पाईप करिब २ कि.मि. (डिप बोरिङ्ग देखि टंकीसम्म) र १०० के.बि. को ट्रान्सफरमर्मर, थान–१ मागको लागि राप्ती गाउँपलीका बाट सिफारिस दिइएको र मन्त्रालययबाट समेत सहयोग हुने आशा गरिएको लालमटिया बृहत खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस