तिर्थराज ज्ञवाली

सिसहनियाँ (देउखुरी), ३० बैशाख । अग्नी पीडित नवराज थापामगरलाई उद्योग बाणिज्य संघ सिसहनियाँले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ लोसेमा राष्ट्रिय वनबाट सल्केको आगो शनिवार दिउँसो ३ बजे तिर नवराज थापामगरको एउटा ठाँटी घर र दुई वटा गोठ जलेर खरानी भएको थियो ।
सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, महासचिव ईश्वरी अधिकारी, सचिव मदन पोख्रेल तथा कार्यसमितिका पदाधिकारी सहितको टोलीले  चामल, दाल, कपडा तथा नगद रुपैया सहयोग गरेको हो ।
आगलागीबाट घरधनी थापामगर घाइते समेत भएका थिए भने २ वटा बाख्रा, ४ वटा संगुरका पाठापाठी, लत्ताकपडा, गरगहना, अन्नपात र नगद ५० हजार गरी कुल ७ लाख बराबरको क्षति भएको पीडित थापामगरले जानकारी दिएका छन् ।
घाइते ७० वर्षीय थापामगरको सिसहनियाँस्थित विष्ट पोलिक्लनिकमा उपचार भइरहेको छ । विकट तथा भौगोलिक हिसावले पहाडी क्षेत्र भएकाले बारूणयन्त्र पुग्न नसक्ने ठाउँ तथा पानीको अभाव भएकाले स्थानीयहरूले आगोलाई नियन्त्रणमा लिन नसक्दा घर र गोठ जलेर खरानी भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस