राजकुमार ओली

सल्यान, २ जेठ । सल्यानको भदाले खोलामा पहिलो पटक गाडी पुगेको छ । प्रदेस सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र रुकुमबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा सल्यानको मैदानदेखि खारा, पैयाँडाँडा, भदालेखोला, नाउली जोड्ने कृषि सडकको आज एक कार्यक्रमका बीच नेकपा कर्णाली प्रदेस प्रमुख सचेतक एव‌ं प्रदेस सांसद गुलाबजंग शाहले उद्घाटन गर्नुभएको हो ।

सडक पुगेपछि मैदान, खारा, पैयाँडाँडा, भदाले खोला, नाउलीलगायतका ग्रामीण वस्तीमा उत्पादित कृषिजन्य वस्तुहरु निकासीमा सहजता आउने भएको छ । प्रदेस सरकारको लागतमा झण्डै ५ किलोमिटर सडक विस्तार भएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका शाहले नेपाल कृषि प्रदान मुलुक भएको हुँदा कृषिमा आधुनिकीकरण आवश्यक भएको धारणा राख्नुभयो । ग्रामीण वस्तीमा उत्पादित खाद्यान्नले बजार नपाउँदा नागरिक कृषि पेशा छाड्न बाध्य भएको बताउँदै उहाँले अब आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने बताउनुभयो । जनताले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको निकासीमा कृषि सडकले थप सहयोग पुग्ने भन्दै उहाँले सरकारले जतिसक्यो चाँडो यस सडकको स्तरउन्नति गर्ने समेत आश्वासन दिनुभयो ।उक्त अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवं दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले दर्माली जनतालाई कृषिमा आत्मनिर्भर बनाउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । कृषिलाई लक्षित गरी गाउँपालिकाले सिचाईंका आयोजनामा अधिकतम लगानी गरेको समेत उहाँले उल्लेख गर्नुभयो । कृषिको व्यावसायिकरण गरी यसको उत्पादनमा बृद्धिका साथै बजारीकरण समेत आवश्यक भएको हुँदा कृषि सडकले जनतामा सहजता ल्याउने बताउनुभयो ।

कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर, दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओली, नेकपा दार्मा गाउँपालिका इन्चार्ज अनन्तप्रसाद शर्मा, नेपाली काँग्रेसका रामचन्द्र केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस