सल्यान, २ जेठ । नेकपाका कर्णाली प्रदेश प्रमुख सचेतक एवं सल्यानका प्रदेस सांसद गुलाबजंग शाहसहितको टोलीले सल्यानका दुई विद्यालयको अनुगमन गरेको छ । टोलीले राष्ट्रिय मावि दार्माकोट र जनकल्याण प्रावि स्यालागाउँको अनुगमन गरेको हो ।विद्यालयको अनुगमन गर्दै प्रमुख सचेतक शाहले शिक्षा मानव संसाधन विकासको प्रमुख आधार भएको बताउँदै शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभयो । विद्यालयको भौतिक सुधारका लागि प्रदेस सरकारले बजेट समेत विनियोजन गरेको बताउँदै उहाँले विद्यार्थीहरुको सिकाई स्तर बृद्धिमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उक्त टोलीमा दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसी, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर, दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओली, वडा नं. १ अध्यक्ष कविकुमार चन्द, वडा नं. २ का अध्यक्ष डिल्लीबहादुर केसी, वडा नं. ३ का अध्यक्ष सेतीराम रोकाहा, वडा नं. ६ का अध्यक्ष दुर्गाबहादुर मल्लको समेत सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस