नारायणपुर, १५ जेठ । १२औं गणतन्त्र दिवसको अवसरमा  सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालय नारायणपुरमा आज कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयकी साहित्यिक कार्यक्रम संयोजक शिक्षक सरिता देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो । जसमा कक्षा ६-१० का १३ जनाको सहभागिता रहेको थियो भने कक्षा १-५ का विद्यार्थीको लागि पनि खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको हो ।१-५ को कविता प्रतियोगितातर्फ कक्षा ५ की समीक्षा चौधरी प्रथम, कक्षा २ की लक्ष्मी भण्डारी द्वितीय र कक्षा ३ की मनिषा ओलीले तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।

त्यसैगरी ६-१० तर्फ क्रमशः पबित्रा गिरी प्रथम, सुजन घर्ती द्वितीय, सृजना शर्मा तृतीय र सरिता गौतमले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका निमित्त प्रधानाध्यापक तीर्थराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका सदस्य टीकाबहादुर ओली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक तीर्था पौडेलले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस