तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), २१ जेठ । राप्ती क्षेत्रका विद्यालयहरुमा डगौरा थारु भाषाको शिक्षामा मातृभाषाको प्रयोग विषयमा सर्वेक्षण सुरु भएको छ ।

भाषा आयोग शङ्खमुलको आयोजनामा राप्ती क्षेत्रका सामुदायिक तथा संस्थागत सम्पूर्ण विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागितामा मङ्गलवार मौरीघाटको माध्यामिक विद्यालयमा डगौरा थारु भाषाको प्रयोग, सम्भाव्यता अध्ययन, शिक्षाको स्तर पहिचान तथा विद्यालयमा भाषिक नक्साङ्कन सम्वन्धी एकीकृत सर्वेक्षण गरिने भएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको डगौरा थारु भाषाको शिक्षामा मातृभाषाको प्रयोग विषयमा सर्वेक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, भाषा आयोगका उपसचिव सुरेन्द्र आचार्य, मातृभाषा विज्ञ झुमप्रसाद राई, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, राप्ती गाउँपालिका समाजिक विकास समिति संयोजक विद्याशरण चौधरीलगायतले भाषा, मातृभाषा र यसको महत्वका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत विश्वास विकका अनुसार यस डगौरा थारु भाषाको प्रयोग, सम्भाव्यता अध्ययन, शिक्षाको स्तर पहिचान तथा विद्यालयमा भाषिक नक्साङ्कन सम्वन्धी एकीकृत सर्वेक्षणले यस क्षेत्रका विद्यालय तथा विद्यार्थी र थारु भाषाको अवस्थाको बारेमा जानकारी प्राप्त हुने बताउनुभएको छ ।

सर्वेक्षणमा विद्यालयस्तरीय भाषिक नक्साङ्कन, फारम भर्ने एवं विश्लेषण गर्ने कार्य हुनेछ । कार्यक्रममा भाषा आयोगका बालविक्रम राई र भगवती बेल्वासेको समेत सहभागीता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस