तिर्थराज ज्ञवाली

मसुरिया, २१ जेठ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको २४आँै बैठकले केन्द्र तथा प्रदेशमा राप्ती क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय तथा सार्वजनिक स्थलहरुलाई सुचीकृत गर्ने र विकासका लागि विवरण पेश गर्ने निर्णय गरेको छ । मङ्गलवार गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले धार्मिक तथा पर्यटकीय स्थलहरुको विवरणमा वडा नं. १ को खडगेश्वरी मन्दिर, सिद्धेश्वर मन्दिर पाखापानी, पुल्चोक शिव मन्दिर र सार्वजनिक स्थलमा पिपलताडीलाई छनौट गरेको छ । त्यसैगरी वडा नं. २ मा रहेका हर्षे डाँडा, अम्वेश्रीदेवी, बाराखुट्टी, गिद्ध संरक्षण र सार्वजनिक स्थलमा लालमटिया खुला क्षेत्र छनौटमा पारेको छ । वडा नं. ३ को वसन्तपुर शिव मन्दिर र खुला क्षेत्र, घण्टादेव शिव मन्दिर र खुला क्षेत्र, वडा नं. ४ को हिम वगैंचा पिपरखुट्टी, पिपरखुट्टी देवी, मझनीगढी देवी मन्दिर, मौरीघाट शिव मन्दिर, सुन्दरपुर खुला क्षेत्र, मौराठान, वडा नं. ५ को खौरा बाबा मन्दिर र खुलाक्षेत्र भुल्के बराह मन्दिर र खुला क्षेत्र, करङ्गे बराह मन्दिर, प्रगतिनगर देवी मन्दिर, पहरुवाको शिव लक्ष्मी मन्दिर, देउकी शहीद पार्कलाई छनौट गरेको छ ।

वडा नं. ६ को बगरापुर शिव मन्दिर, थारु सङ्ग्रहालय तथा अध्ययन क्षेत्र, पत्थरगढवा शिव मन्दिर र खुलाक्षेत्र भगवानपुर शिव मन्दिर र मस्जिद, वडा नं. ७ को वडका सिसहनियाँ स्थित वि.सं. १७२५ मा स्थापना भएको शिव मन्दिर, अर्नाहानपुरको रामजानकी मन्दिर र खुलाक्षेत्र, छोटकी सिसहनियाँको शिव मन्दिर, छोट्की सिसहनियाँको दुर्गा मन्दिर, भानपुरको शिव मन्दिर र खुला क्षेत्र, १०० वर्ष पुरानो काठको कुवाँ, वडका सिसहनियाँ र आर्नाहानपुरमा चर्च, जयगुरु देव सत्संग भवन छुट्की सिसहनियाँ सबै टोलमा थारु संस्कृति मरुवाथान, वडा नं. ८ को बुद्धगुम्बा पर्यटकीय स्थल, पहरुवा स्थित श्रीनगर डाँडा, पिपरी शिव मन्दिर, भूमिथान मन्दिर, बिजौरीमा शिव मन्दिर, विजौरी गाउँको उत्तरतर्फको चर्च, पिपरी गाउँभित्र ऐतिहासिक शिव मन्दिर, पिपरी मरुवा थान, बिजौरी मरुवा थान, पिपरा मरुवा थान, वडा नं. ९ को देवीकोट मन्दिर, लेक, गडि लगायतका स्थानहरुलाई धार्मिक, पर्यटकीय तथा सार्वजनिक स्थलहरुको रुपमा छनौट गरिएको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडागत रुपमा बेरोजगार आवेदन फारम भरेकाहरुको फारम अध्ययनपछि अनुमोदन गरेको छ । जसमा वडा नं १ मा ३ सय ६७, वडा नं. २ मा ३ सय ४७, वडा नं ३ मा ३ सय ४१, वडा नं ४ मा २ सय ७६, वडा न ं ५ मा २ सय ९, वडा नं ६ मा ५ सय १३, वडा नं ७ मा १ सय २०, वडा नं ८ मा २ सय १०, वडा न. ९ मा ६८ गरी कुल २ हजार ४ सय ५१ जनाले आवेदन पेश गरेकामा आवश्यक छानविन गरी कार्यपालिकाले अनुमोदन गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभएको छ ।

कार्यपालिका बैठकले प्रदेश सरकारबाट क्रमागत योजना माग गर्ने, राप्ती गाउँपालिकाका लागि स्वास्थ्य उपकरण तथा औषधि खरिदको लागि गाउँ कार्यपालिका कार्यालयलाई अधिकार प्रत्यायोजन गर्ने, गाउँपालिका अन्तरगत स्वास्थ्य इकाई स्थापना भएका वडाहरुमा घर भाडा सम्बन्धित शिर्षकबाट भुक्तानी दिने र नयाँ स्वास्थ्य चौकी स्थापनाका लागि घरभाडाको सूचना प्रकाशित गर्ने करारमा पदपूर्तिका लागि स्वास्थ्य सेवा निर्देशनालय प्रदेशबाट एक जना प्रतिनिधीको अनुरोध गर्ने लगायतका निर्णय गरेको छ ।

राप्ती गाउँपालिका भित्र फोहरमैला व्यवस्थापनका लागि आवस्यकता अनुसारको उपकरण तथा औजारहरु प्रदेश सरकारबाट माग गर्ने, राप्ती गाउँपालिकाको वडानं. ३ मा २५ शैयाको अस्पताल निर्माणको लागि छनौट भएको जग्गामा डी.पी.आर. गरी जग्गा संरक्षणको लागि तारबार गर्ने निर्णय गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस