सल्यान, २८ जेठ । दार्मा गाउँपालिकाका ६ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । गाउँपालिकाका सम्पूर्ण वडाहरुमा बेरोजगार फाराम भरेका व्यक्तिहरुलाई अभिमुखीकरण दिइएको दार्मा गाउँपालिकाका रोजगार संयोजक किरण गौतमले जानकारी दिनुभयो ।हरेक वडामा पुगी प्रधानमन्त्री रोजगार कार्यक्रम तथा कामका लागि पारिश्रमिक सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ बारे जानकारी दिइएको उहाँले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका एवं कार्यविधिबारे बेरोजगार व्यक्तिहरुसँग अन्तक्र्रिया समेत गरिएको उहाँले बताउनुभयो ।गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक उद्घाटन भोलि गर्ने भएको छ । बेरोजगारलाई रोजगार दिने उद्देश्यका साथ यस आर्थिक वर्षमा आएको २९ लाख रुपैयाँबाट सञ्चालन हुने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना भोलि मंगलबार औपचारिक कार्यक्रम गरी उद्घाटन गरिने गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले जानकारी दिनुभयो ।

गाउँपालिकाका ६ वटा वडामा एक/एक वटा विभिन्न श्रमप्रधान आयोजना वडाको सिफारिसमा छनौट गरिएको बताउँदै उहाँले गाउँपालिकामा रहेको बेरोजगारी कम गर्न कार्यक्रम उपलब्धीपूर्ण हुने बताउनुभयो ।अभिमुखीकरणकै क्रममा गरिएको अन्तक्र्रियामा बेरोजगार फाराम भरेका व्यक्तिहरुले लक्षित वर्ग समेटिने गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । कार्यक्रममा सुझाव दिँदै उनीहरुले बेरोजगारका नाममा बोलवाला नै हावी हुने भन्दा पनि अति बिपन्न तथा जीवन निर्वाह गर्न समस्या परेका परिवारमा प्रधानमन्त्री रोजगार कार्यक्रम पुग्नुपर्ने बताएका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस