तिर्थराज ज्ञवाली

पाखापानी (देउखुरी दाङ), २० भदौ । मानव शंसाधन विकासका लागि मानव जीवनमा शिक्षा अति आवश्यक रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभएको छ । विद्यार्थीको सिकाइ उपलब्धिका लागि नवप्रतिभा आधारभूत विद्यालय पाखापानीमा पढाइ उत्सवको उद्घाटन गर्दै अध्यक्ष सुवेदीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष सुवेदीले विद्यार्थीको शैक्षिक प्रगतिको लागि शिक्षक, अभिभावक सरोकारवालाहरुले आ-आफ्ना जिम्मेवारी अनुसार काम गर्नुपर्ने समेत बताउनुभएको छ । विद्यार्थीले कसरी के सिक्छन् र कति ले कस्तो सिकाइ गरे भन्ने विषयलाई उजागर गर्न पढाइ उत्सवको आयोजना गरिएको विद्यालयको प्रधानाध्यापक मान बहादुर कुमालले  जानकारी दिनुभएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला आचार्यको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नं १ का अध्यक्ष तारा बहादुर डिसी, शिक्षक अभिभावक संघका अध्यक्ष हुमबहादुर आचार्य, वनकर्मी युवराज भण्डारी, शिक्षक टीका पौडेललगायतले पढाइ उत्सवको महत्व, प्रभावकारीता तथा आवश्यकताका वारेमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

कुल ३ सय ७५ विद्यार्थी संख्या रहेको नवप्रतिभा आधारभुत विद्यालय पाखापानीमा पढाइ उत्सवको अवसरमा पाठ्यसामग्री, चित्रकला, अभिभावकद्वारा निर्माण गरिएका स्थानीय समाग्री लगायतको प्रदर्शन गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस