तिर्थराज ज्ञवाली

वसन्तापुर, २८ भदौ । राप्ती गाउँपालिका वडा नं ३ स्थीत वि.पी आधारभुत विद्यालय बसन्तापुरमा शुक्रवारीय कार्यक्रमको आयोजना गरिएको छ ।

नियमित शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हेन्डराइटिङ प्रतियोगिता, तातो आलु खेल प्रतियोगिता र बेलुन फुटाउने प्रतियोगिताको आयोजना गरिएको प्रधानाध्यापक देवीराम चौधरीले बताउनुभएको छ ।

कक्षा ४ र ५ का ९ जना छात्र छात्रा बीचमा गरिएको अंग्रेजी हेन्डराइटिङ प्रतियोगितामा कक्षा ५ की पुजा चौधरी प्रथम, कक्षा ४ की दीपशिखा चौधरी द्वितीय र कक्षा ५ की सञ्जु शर्मा तृतीय भएकी छन् । बेलुन फुटाउने खेलमा कक्षा ६ देखि ८ सम्मका ३७ जना विद्याथीहरुले सहभागिता जनाएका थिए भने तातो आलु प्रतियोगितामा कक्षा १ देखि कक्षा ३ सम्मका २२ विद्यार्थीले सहभागिता जनाएका थिए ।

बेलुन फुटाउने खेलमा कक्षा ८ का प्रवीण चौधरी प्रथम, कक्षा ६ की आसीका चौधरी द्वितीय र कक्षा ८ का सन्तोष चौधरी तृतीय भएका छन् । तातो आलु प्रतियोगितामा कक्षा १ की दीपा चौधरी प्रथम, कक्षा ३ का अनुराग चौधरी दोस्रो र कक्षा ३ की स्वस्तिका चौधरी तृतीय भएकी विद्यालयका शिक्षक जागेन्द्र चौधरीले जानकारी दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस