घोराही, १७ असोज । घोराही उपमहानगरपालिकामा कार्यरत ८ जना कर्मचारीलाई आज बिदाई गरिएको छ । उपमहानगरपालिकाको विभिन्न शाखा तथा वडाहरुमा कार्यरत ८ जना सेवा निबित्तृत कर्मचारीको बिदाई गरिएको हो ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले टीका, दोसल्ला, ढाँका टोपी र मायाको चिनो प्रदान गरी कर्मचारीहरुको बिदाई गर्नुभएको हो ।

सेवानिबृत्त हुने कर्मचारीहरुमा दुर्गाप्रसाद रिजाल, सुबोध रेग्मी, राधा मल्ल, जंगबहादुर जिसी, शिवकुमार शर्मा, लीलाधर श्रेष्ठ, कुलराज गौतम र बेदप्रसाद ढकाल हुनुहुन्छ ।

बिदाई कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो ऊर्जावान् समय देश र जनताको सेवामा सुम्पिएर असल नागरिकको भूमिका निभाएको भन्दै उच्च प्रशंसा गर्नुभयो ।

जनताको सेवामा विभिन्न ठाउँ तथा जिम्मेवारीमा रहेर काम गरी सेवा निबृत्त भए पनि आफ्नो ज्ञान, सीप र क्षमतालाई सामाजिक काममा लगाउन अपील समेत गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले जीवनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेर देश र जनताको सेवामा समर्पित भएका कर्मचारीहरुप्रति सम्मान व्यक्त गर्नुभयो ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जागिरको समयचक्र अनुसार पाउने जिम्मेवारी र बिदाईलाई सहज ढंगले लिँदै जीवनभर सिकेको सीपलाई सामाजिक उत्थानमा लगाउन आग्रह गर्नुभयो ।

बिदाई हुनुभएका सुबोध रेग्मीले कर्मचारीको जिम्मेवारी अनुसार जागिर अवधिभर धेरै ज्ञान तथा सम्बन्ध विस्तारलाई अवसरकारुपमा लिएको उल्लेख गर्नुभयो । कार्यक्रमको सहजिकरण ठाकुर खनालले गर्नुभएको थियो । कार्यक्रममा दशैँको शुभकामना समेत आदानप्रदान समेत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस