घोराही, ७ कार्तिक । घोराही उपमहानगरपालिकाले चाडपर्वमा रमाइलो गर्ने नाममा कुनै पनि अबान्छित कार्य नगर्न सबैलाई आग्रह गरेको छ ।

उपमहानगरको नगर कार्यपालिका बैठकले चाडपर्वमा रमाइलो गर्ने नाममा विभिन्न विकृतिजन्य कार्यहरु नगर्न नगरबासीलाई आग्रह गरेको हो । रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, मदिरा पिएर होहल्ला तथा झैझगडासँगै अपराधिक कार्यहरु समेत हुने गरेको भन्दै बैठकले यस्ता कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्ने निर्णय गरेको प्रबक्ता भरत अर्यालले जानकारी दिनुभयो ।

चाडपर्वमा ठूलो धनराशीको बाजी राखेर जुवा खेल्ने, मदिरा पिउने कार्यले कसैको पनि हित नगर्ने भन्दै संस्कृतीलाई बचाउने शैलीबाट सभ्य र मर्यादिन पर्व बनाउन अपिल समेत गरेको छ । साथै बैठकले तिहार र छठ पर्वको अबसरमा सम्पूर्ण नगरबासीलाई शुभकामना समेत दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस