देउखुरी, १५ कार्तिक । वनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेर तीन जनाकाे मृत्यु भएको छ । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् ।लमही–कोइलावास सडकखण्ड अन्तर्गत गढवा गाउँपालिका वडा नं. ५ चिसापानीमा भएको दुर्घटनामा परेर गढवा गाउँपलिका वडा नं. ६ स्थित चिल्ले निवासी ११ बर्षिय निनु पुन, सोही ठाउँकी १२ बर्षिय सिमा परियार र १२ बर्षकै सुनिता पुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर २१ जना घाईते भएका छन् । जसमध्ये १५ जनालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ । घाइतेमध्ये ७ जना गम्भीर घाइते छन् । बाँकी घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ । गढवा गाउँपालिका वडा नं. ६ चिल्लेका बालबालिका वनभोजको लागि गढवा गाउँपालिका वडा नं. ५ चिसापानी पुगेका थिए ।

वनभोजपछि फर्कदै गर्दा वनभोज स्थलदेखि दुईसय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस