दाङ, १७ कार्तिक । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा खस्दा सात जनाको मृत्यु भएको छ ।

शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको भने सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उहाँका अनुसार दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको बस सुनकोशी नदीमा खसेको थियो।

प्रत्यक्षदर्शीका अनुसार बस पूरै नदीमा डुबेकाले उद्धारमा कठिनाइ भएको छ । केही यात्रु नदीले बगाएको आशंका छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस