घोराही, २५ कार्तिक । रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौंडियारमा रहेको स्वास्थ्य चौकीलाई दुई थान ह्विल चियर हस्तान्तरण गरेको छ ।

उपचारमा आउने बिरामीहरुलाई सहजताका लागि रोटरी क्लब अफ दाङको रोटरी कल्याणकारी बैंकमार्फत स्वास्थ्य चौकीलाई दुई थान ह्विल चियर सहयोग गरेको क्लवका अध्यक्ष तीर्थ पौडेलले जानकारी दिनुभयो ।

२४ हजार रुपैयाँ बराबर मूल्यको उक्त ह्विल चियर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष खोपीराम चौधरीलाई हस्तान्तरण गरिएको हो । रोटरीले उक्त स्वास्थ्य चौकीमा सुविधायुक्त सुत्केरी भवन निर्माण गर्ने तयारी समेत गरेको छ ।

उक्त भवन निर्माण गर्ने विषयमा रोटरीका पदाधिकारीले वडा अध्यक्षसहित त्यहाँका सरोकारवालाहरुसँग छलफल समेत गरेका छन् । रोटरीले भवन निर्माणका लागि आर्थिक संकलन गरिरहेको र छिट्टै निर्माण कार्यको थालनी गर्ने जनाएको छ ।

मातृशिशु सुरक्षाका लागि गाउँमै सुरक्षित प्रसूति गराउन सहजताका लागि रोटरीले सौंडियारमा प्रसूति भवन निर्माण गर्न लागेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस