घोराही, ४ मंसिर । रोटरी क्लव अफ दाङले थप तीन वटा ह्विल चियर हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ दाङको रोटरी कल्याणकारी बैंकमार्फत रामपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रलाई दुईवटा र हापुरका एकजना अपांगता भएका व्यक्तिलाई एउटा ह्विल चियर हस्तान्तरण गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर २ स्थित रामपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रलाई क्लवका अध्यक्ष तीर्थ पौडेलसहितका पदाधिकारीले वडा अध्यक्ष तथा केन्द्रका व्यवस्थापन समिति अध्यक्ष केशवराज आचार्यलाई दुई थान ह्विल चियर हस्तान्तरण गर्नुभएको हो । केन्द्रमा उपचारका लागि बिरामीहरुलाई सहजताका लागि रोटरीले ह्विल चियर सहयोग गरेको अध्यक्ष पौडेलको भनाइ छ ।

त्यसैगरी, रोटरीले घोराही उपमहानगरपालिका १२ हापुर निघुवारका नीमबहादुर घर्तीलाई पनि एक थान ह्विल चियर सहयोग गरेको छ । अपांगता रहेका घर्तीलाई रोटरीले घरमै पुगेर ह्विल चियर सहयोग गरेको हो । यस अघि रोटिरीले रोटरी कल्याणकारी बैंकमार्फत नै घोराही ७ सौ‌ंडियारको स्वास्थ्य चौकीलाई पनि दुई थान ह्विल चियर सहयोग गरेको थियो । एउटा ह्विल चियरको बजार मूल्य १४ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस