तिर्थराज ज्ञवाली

मसुरीया (देउखुरी दाङ), ५ मंसिर । राप्ती गाउँपालिका क्षेत्रको विगतका जोखिम तथा आगामी दिनमा वर्षात्‌को समयमा हुनसक्ने खतराको पूर्व तयारीका लागि छलफल गरिएको छ  ।

राप्ती नदी, दोलाई खोला तथा अन्य खहरे र वन खोलाहरुको बाढीको जोखिमबाट पूर्व सतर्कताका लागि नेपाल रेडक्रस सोसाइटी लालमटिया उपशाखाले राप्ती गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
राप्ती नदी तथा दोलाई खोला तथा अन्य खहरे र वन खोलाहरुमा विगतका दिनमा अनियन्त्रित बाढी आउँदा धनजनको समेत क्षति भएकोले गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गरिएको नेपाल रेडक्रस सोसाइटी लालमटिया उपशाखाका कोषाध्यक्ष उत्तमकुमार अधिकारीले बताउनुभयो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रवक्ता विद्याशरण चौधरी, विपद् व्यवस्थापन समिति संयोजक बेदप्रसाद चौधरी, वडा अध्यक्ष जगतबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी दाङका विनायक पौडेल, प्रमोद पौडेल, मदन अधिकारी, गीता पौडेल, प्रकाश नेपाली, प्रकाश डाँगीलगायतले बिपद्‍बाट जोगिन, नागरिकलाई जोगाउन साथै धनजनको क्षति रोक्ने उपाय र गाउँपालिकाको आर्थिक पाटोको बारेमा जानकारी गराउनुभएको थियो ।राप्ती गाउँपालिका क्षेत्रमा विगतमा राप्ती नदीको बाढीवाट दक्षिणी क्षेत्र वडा नं ३, ६ र ७ का गाउँहरु डुबानमा पर्दै आएको र दोलाई खोलाले वडा नं ४, ५ र ८ का गाउँहरु डुबानमा पर्दै आएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस