दाङ, १५ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई १०५ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो ।

कांग्रेसका उम्मेदवार डाँगीले १२२२ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुको ७ सय २० मत रहेको छ ।

त्यस्तैगरी संघीय समाजवादी पार्टीकी उम्मेदवार विमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गर्नुभएको थियो ।

वडा नम्बर १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्ये ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । जस मध्ये ६८ मत बदर भएको थियो ।

गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं १६ मा उपनिर्वाचन भएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस