तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी दाङ), २५ मङ्सिर । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको मधेस मानव अधिकार मञ्च माहुरी होमको साझेदारीमा सञ्चालित सहज परियोजना सल्लाहकार समितिको बैठक गाउँपालिकामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले गत चौमासिक कार्य प्रगतिको समीक्षा गर्दै आगामी दिनमा थप कार्यक्रम तथा अभियानलाई तिब्रता दिँदै जाने निर्णय गरेको छ ।

गाउँकार्यपालिका सदस्य, न्यायिक समिति पदाधिकारी, निगरानी समूहका पदाथिकारी, प्रहरी, पत्रकार रहेको सहज परियोजना सल्लाहकार समितिको बैठकले पछिल्लो समयमा लैङ्गिक हिंसाको अवस्थाको बारेमा वडागत रुपमा छलफल गरेको छ साथै १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको समीक्षा समेत गरेको छ ।

सहज परियोजनाले राप्तीको दुईवटा वडामा सञ्चालन गरेको कार्यक्रम तथा गतिविधिको बारेमा विश्लेषण गरिएको छ । बैठकले  संस्थाले उपलब्ध गराएको सामग्रीहरुलाई सही सदुपयोग गर्दै न्याय सम्पादनका लागि तथा पीडितको सहयोगका लागि प्रयोग गर्ने निर्णय समेत गरेको छ ।

सहज परियोजना सल्लाहकार समितिको बैठकबाट वडागत रुपमा १ र ४ नं. वडाका निगरानी समूहलाई सञ्चारका लागि मोबाइल, न्यायिक समितिका लागि कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका आवश्यक समग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै लैङ्गिक हिंसामा परेकालाई तत्काल राहत तथा सहयोगका लागि न्युनतम सामाग्रीका लागि सरोकारवालाहरु बाट सहयोग माग गर्ने समेत निर्णय गरिएको संस्थाकी  पुष्पा बन्जाडेले जानकारी दिनु भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस