तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी दाङ), १ पुस । राप्ती गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै चिसोबाट बच्नका लागि न्यानो कपडा तथा सामग्री वितरण सुरु गरेको छ ।

राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको  हो ।
सोमवार वडा नं ३ वाट सुरु गरिएको न्यानो कपडा वितरण कार्यक्रममा जेष्ठ नागरिकलाई उच्च गुणस्तरको ब्लाङ्केट प्रदान गरिएको छ ।  राप्ती गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष चन्द्र चौधरीको अध्यक्षता गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा भएको  न्यानो कपडा वितरण कार्यक्रममा वडा नं ३ का ८४ वर्ष माथिका  १९ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं ३ मा ८४ वर्ष माथिका जेष्ठ नागरिक अम्वादेवी सुवेदि, आशा चौधरी, कमलादेवी शर्मा, कुलमान भारती, खगादेवी पौडेल,  गजबहादुर खत्री, गोपीलाल चौधरी, झगरी चौधरी, टोपराम शर्मा, द्रोपति चौधरी, नमित्री चौधरी, धानु चौधरी, भौर चौधरी, लालबिहारी चौधरी, बदरी चौधरी, दिलसरा चौधरी, सम्पदा चौधरी, सुन्दर प्रसाद चौधरी, मारती सुनारलाई न्यानो कपडा वडा कार्यालय र घरमै गएर वितरण गरिएको वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस