सल्यान, १७ पुस । दार्मा गाउँपालिका सल्यानले निःशुल्क टिबी माइक्रोस्कोपिक क्याम्प सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले पुस २१, २२ र २३ गते क्याम्प सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।

२१ गते वडा नं. ४ को कालिका आधारभूत विद्यालय लाँकुरीडाँडा, २२ गते वडा नं. १ स्थित दार्माकोट स्वास्थ्यचौकी र २३ गते वडा नं. ५ स्थित ढाकाडाम स्वास्थ्यचौकीमा क्याम्प सञ्चालन हुने स्वास्थ्य शाखाले बताएको छ । क्याम्प सञ्चालन हुने मितिभन्दा एकदिन अगावै खकार सङ्कलनका लागि डिब्बा लिई क्याम्प सञ्चालनको दिन विहान खाली पेटको खकार लिएर आउन शाखाले अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन लगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको अनुसन्धान प्रतिवेदन अनुसार प्रत्येक सय जना नेपालीहरुमध्ये ४५ जनामा क्षयरोग हुनसक्ने सम्भावना देखाएको छ । ग्रामीण गाउँ वस्तीका नागरिकहरुमा क्षयरोग हुन सक्ने भएकाले परीक्षणको अवसर नपाएको हुँदा क्याम्प सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताउनुभयो । क्याम्प विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस