दाङ, ११ माघ । एक कल समस्या हल घोराही दाङले घोराहीका ज्येष्ठ नागरिकहरुका लागि शुक्रबार स्वास्थ्यको ल्याब परीक्षण गरेको छ । स्थापनाको ३ वर्ष पूरा भएको अवसरमा निःशुल्क ल्याब परीक्षण गरिएको सञ्चालक अमर अधिकारीले बताउनुभयो ।

घोराही १५ मा रहेको ज्येष्ठ नागरिक सेवा केन्द्रमा ८४ जना ज्येष्ठ नागरिकहरुको ल्याब परीक्षण गरिएको आयोजकले जनाएको छ । निःशुल्क ल्याब सेवामा ज्येष्ठ नागरिकहरुको युरिक एसिड, कोलेस्ट्रोल, सुगरलगायतको परीक्षण गरिएको थियो ।एक कल समस्या हल दाङले फोनको भरमा सेवाग्राहीलाई आवश्यक सामग्रीहरु घरमै पु¥याउने काम गर्दै आएको छ । शनिबार तीन वर्ष पुगेको अवसरमा औपचारिक कार्यक्रम गरी समीक्षा तथा सुझाव सङ्कलन गरी नयाँ ढङ्गले अघि बढ्ने योजना तय गरिने सञ्चालक अधिकारीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस