दार्मा, १८ फागुन । दार्मा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनज्योति मावि फारुलाचौरले हात पारेको छ । जम्मा २८ पदक हात पार्दै जनज्योति माविले रनिङ शिल्ड जित्न सफल भएको हो । २८ विधाका विभिन्न खेलमा जनज्योति माविले १८ स्वर्ण, ८ रजत र २ काश्यपदक हात पार्न सफल भएको थियो ।

५ स्वर्ण, ९ रजत र ९ काश्यपदक सहित नेपाल राष्ट्रिय मावि ढाकाडामकोट द्वितीय भएको छ भने ३ स्वर्ण, ३ रजत र ५ काश्यसहित ११ पदक जितेर सूर्योदय मावि गोठीवन तृतीय भएको छ । दार्मा गाउँपालिकाद्वारा आयोजना गरिएको रनिङ शिल्ड प्रतियोगितामा छात्र तथा छात्राका भलिबल, कबड्डी, एथ्लेटिक्सलगायतका २८ विधाका खेलहरुमा माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो ।प्रतियोगितामा विजेता समूह तथा खेलाडीहरुलाई दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष टीका शर्मा ओली, निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अर्को वर्षको रनिङ शिल्ड सूर्योदय मावि गोडीवनमा हुने आयोजकले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस