दाङ, ११ चैत । घोराहीका एक जना व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा कोरोना भाइरसबारे जनचेतना जगाउन बोर्ड टाँसेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष वसन्त जोसीले जन्मदिनको अवसरमा घोराहीका विभिन्न स्थानमा १ सय ३० थान सचेतना बोर्ड टाँस्नुभएको हो ।

महामारीकाे रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्धको सचेतना बोर्ड  उहाँले आफ्नो ४१ औँ जन्म दिनको उपलक्ष्यमा बोर्ड टाँसेको जानकारी दिनुभयो । कोरोनाबाट बच्ने सबैभन्दा उपयुक्त उपाय भनेकै सचेतना भएको भन्दै जोशीले सबै नागरिकलाई सुरक्षित राख्न आफूले सानो प्रयास गरेको बताउनुभयाे ।

जन्मदिनको अवसरमा जोशीले घोराही, नारायणपुर, रामपुर, गोग्ली, बङ्गलाचुलीसहित विभिन्न ठाउँहरुमा कोरोना भाइरसविरुद्ध सचेतनामूलक बोर्ड टाँस्नुभएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस