दार्मा, १७ फागुन । दार्मा गाउँपालिका सल्यानले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सचेत रहन आम नागरिकमा अनुरोध गरेको छ । दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले भाइरसको सङ्क्रमणबाट बच्न विशेष सावधानि अपनाउन गाउँपालिकाबासीमा अनुरोध गर्नुभएको छ ।

गाउँपालिकाले गएको एकहप्ताभित्र देश तथा भारतलगायत विदेशबाट आएका नागरिकहरुको तथ्याङ्क समेत सार्वजनिक गरेको छ । कोरोनाको सङ्क्रमण फैलिएपछि सबैभन्दा बढी भारतबाट नागरिक फर्किएको तथ्याङ्क गाउँपालिकाले सार्वजनिक गरेको छ । जसमा भारतबाट १४१ जना, मलेसियाबाट ३ जना, कतारबाट २ जना, साउदीबाट १ जना र देशभित्रकै विभिन्न स्थानबाट १८७ जना गरी जम्मा ३ सय ३४ जना गाउँपालिका भित्रिएको गाउँपाकिलाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रिएका नागरिकहरुलाई काउन्सिलिङ गरी दुई साता सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । साथै दैनिकरुपमा सङ्क्रमणबाट बच्न सार्वजनिक सूचना, लकडाउनको पूर्ण पालना गर्न माइकिङ तथा द्रूत प्रतिकार्य टोलीले निगरानी गरी सावधानी अपनाइरहेको गाउँपालिकाले जनाएको छ । हालसम्म बाहिरबाट आएका कुनै पनि नागरिकमा कोरोनाको सम्भावित लक्षण नदेखिएको अध्यक्ष केसीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस