दाङ, १९ चैत  । नेपाल आयल निगमले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार हवाई उडानमा प्रयोग गरिने इन्धन (आन्तरिक उडानतर्फ) पनि प्रतिलिटर १५ रुपैयाँ घटाउने निर्णय भएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर यूडी डलर ०/९५ कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस