दार्मा, १ वैशाख । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकाबासीमा कोरोना भाइरसविरुद्ध एक भएर लाग्नुका साथै समृद्धि र विकासमा लागि एकताको आह्वान समेत गर्नुभएको छ ।

देश लकडाउनको अवस्थामा भएको भन्दै अध्यक्ष केसीले अत्यावश्यक सेवा सुविधा पालिकाले पु¥याउनेमा विश्वस्त रहन समेत आग्रह गर्नुभएको छ । लकडाउनमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनका साथै देश बाहिरबाट आएका व्यक्तिहरुलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ ।

नयाँ वर्षको अवसरमा गाउँपालिकाबासीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै अध्यक्ष केसीले नयाँ वर्षको सुरुवातमै झेल्नुपरेको भाइरसको चुनौतिको सचेततापूर्वक सामना गर्न गाउँपालिकाबासीलाई आग्रह गर्नुभएको छ । गाउँपालिकाबासीको स्वास्थ्यमा आफू गम्भीर भएको बताउँदै उहाँले यो चुनौतिपूर्ण घडीमा धैर्यताका साथ अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । नयाँ वर्षको सुरुवातीमा समस्या झेल्नुपरे पनि २०७७ साल समृद्धिको वर्ष हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस