घोराही, १ वैशाख । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै नगरप्रमुख चौधरीले सम्पूर्ण नगरवासी तथा आम नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य एंवम् संवृद्धि संगै जनतामा सकारात्मक सोच र विचारको विकास हुन सकोस् र नयाँ वर्षले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित राखोस् भन्ने शुभेच्छा समेत प्रकट गर्नुभएको छ ।

“नयाँ वर्षको आरम्भसँगै हामी सबैले अहिलेको कोरोना भाइरसको संक्रमणलाई जितेर अघि बढ्ने प्रण गर्न आवश्यक छ । स्वास्थ्यकर्मीहरुले दिएका सुझाव र सरकारले गरेका निर्देशनको पालना गरी कोरोनाबाट बच्न सबै एक भएर लाग्नु अहिलेको मुख्य आवश्यकता हो” उहाँले भन्नुभएको छ ।

घोराही उपमहानगरपालिकाले कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर विभिन्न कदमहरु चालिरहेको बताउँदै चौधरीले सबैलाई लकडाउनको पालना गर्नका लागि अनुरोध समेत गर्नुभएको छ ।

“हामी सुरक्षित भयौ भने मात्रै हाम्रो परिवार र समाज सुरक्षित हुन्छ, त्यसैले कोरोना फैलन नदिने गरी सचेतना जगाउन तर्फ लाग्न पर्ने” सन्देशमा उल्लेख गरिएको छ । महामारी विरुद्धको लडाइमा सबै नागरिकको साथ र सहयोग हुनेछ भन्ने आशा समेत गरिएको छ ।

उच्च मनोबलका साथ कोरोनाको संक्रमणबाट सबै नगरबासीहरु सुरक्षित हुनका लागि नयाँ वर्षले शक्ति प्रदान गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस