दाङ, ५ वैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय र ६३ वर्षीय पुरुष छन्। उदयपुरमा संक्रमण पुष्टि भएकामाहरुमा पनि सबै पुरुष नै छन्। उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस