दाङ, ५ वैशाख । घोराही उपमहानगरपालिका वडा नंं. ७ घसेलास्थित गोरक्ष टोलमा रहेका नौ घर बिपन्न परिवारलाई आज स्थानीय व्यक्तिहरुको पहलमा खाद्यान्न सहयोग गरिएको छ । टोल विकास संस्थाका अध्यक्ष माधव शर्मा, सदस्यहरु कृष्ण खड्का र दुर्गालाल केसीले व्यक्तिगतरुपमा १ सय २५ किलो चामल, नुन, तेल र दाल वितरण गर्नुभएको हो ।

नगरपालिकाबाट सहयोग आउन समय लाग्ने र बिपन्न परिवारलाई चुल्हो बाल्न समस्या भएपछि वडा कार्यालयसँग समन्वय गरेर तत्काल राहत वितरण गरेको टोल विकास संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । यसबाट केही दिनका लागि समस्या टरेको र पछि नगरपालिकाबाट सहयोग आएपछि थप राहत वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस