दाङ, १४ वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आइतबार पर्सामा दुई जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।

पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । सङ्क्रमितको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाबाट सङ्क्रमित भई उपचाररत १२ जना निको भई डिस्चार्ज भएको सह प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस