घोराही, १७ वैशाख । बुद्ध हस्पिटल प्रालि घोराही दाङले सहुलियतमा होलबडी चेकअपको प्याकेज ल्याएको छ । बुद्ध हस्पिटल प्रालिका कार्यकारी अधिकृत बालाराम शर्माले ३ हजार ५ सय रुपैयाँमा नै यो सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।

Advertisements

होलबडी चेकअप प्याकेज अन्तर्गत RBS, CBC, RFT, Lipid Profile, Urine RE, Chest X-Ray, ECG, USG Abdomin, OPD of Physician रहेको प्रमुख शर्माले जानकारी दिनुभयो । चेकअपमा २३ किसिमका परीक्षण समावेश हुने उहाँले जानकारी दिनुभयो ।

विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म होलबडी चेकअप गरिने र चेकअपको रिपोर्ट फिजिसियनलाई देखाई उचित सल्लाह एवं उपचार पद्धति अपनाइने अस्पतालले जनाएको छ ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस