दार्मा, १८ वैशाख । दार्मा गाउँपालिका सल्यानले लकडाउनका कारण वितरण हुन नसकेको सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण थालेको छ । नेपाल सरकारले जेष्ठ नागरिक, दलित अन्य, एकल महिला, विधवा महिला, दलित बालबालिका तथा अपाङ्गहरुका लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घरमै पुगेर वितरण गर्न वडा सचिवहरुलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो ।

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउन भएपछि दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण रोकिएको थियो । लकडाउनका कारण घरमा भएका आयआर्जन गर्ने व्यक्तिको समेत आम्दानी रोकिएपछि तत्कालको अभाव टार्न सामाजिक सुरक्षा भत्ताले केही समयलाई भए पनि सहयोग पुग्ने देखिएकाले यसलाई घरमै पुगेर पनि वितरण गर्न लागिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो ।

साथै नियमित औषधि सेवन गर्ने बिरामी तथा दीर्घरोगीहरुका लागि घरमै औषधि पुर्‍याउने व्यवस्था समेत मिलाएको गाउँपालिकाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस