दार्मा, २३ वैशाख । दार्मा गाउँपालिकाको सामुदायिक क्वारेन्टाइनमा बसेका १५ जनाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । नेपालका विभिन्न स्थानबाट आएका उनीहरुको स्वास्थ्य कार्यालय सल्यानको टोली आरडिटी विधिबाट कोरोना परीक्षण गरेको थियो ।

गाउँपालिकाका ६ वटा वडाका सामुदायिक क्वारेन्टाइनमा अहिले ७९ जना बसिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिनुभयो । साथै १४ दिन पूरा गरेका १० जना आजै सामुदायिक क्वारेन्टाइनबाट घर फर्किएको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मीसहितको पालिकाको टोलीले सामुदायिक क्वारेन्टाइनको अनुगमन गरी क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिने गरेको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

वडाका विभिन्न १२ स्थानमा सामुदायिक क्वारेन्टाइन रहेका छन् । जसमा ३ देखि ८ जनासम्म बसेको गाउँपालिकाले जनाएको छ ।

कर्णाली प्रदेश बिपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले ७ दिनका लागि प्रदेशलाई सिल गरेको छ । हालसम्म कर्णाली प्रदेशमा कसैमा पनि कोरोनाको सङ्क्रमण देखिएको छैन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस