दाङ, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस