तुलसीपुर, ३१ वैशाख । दाङमा गुडिरहेको एक मोटरसाईकलमा आगलागी भएको छ । दंगीशरण गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिपक गौतमले प्रयोग गदै आएको मोटरसाईकल वडा सचिव प्रेमप्रकाश चौधरीले चलाएको बेला एक्कासी आगलागी भएको  हो ।

रा १ ब ७२५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकलमा भ्यालि पेट्रोल पम्म दोघरेबाट पेट्रोल हालेर वडा कार्यालय फर्कदै गर्दा वडा सचिवले चलाएको उक्त मोटरसाईकलमा एक्कासी आगलागी भएको वडा अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

वडा सचिव चौधरीले पेट्रोल हालेर पम्पदेखि एक दुई मिटर पर पुग्दा खुट्टामा बढी तातो भएपछि हेर्दा ईन्जिननेर आगो लागेको देखेपछि मोटरसाईकल बन्द गरेर आफु भागेको बताउनुभयो ।

मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । पेट्रोलपम्प नजिकै आगलागी भएकाले दमकल र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस