दाङ, १८ जेठ । पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोनाको सङ्क्रमन पुष्टि भएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

हालसम्म १ हजार ३ सय ३९ जना आइसोलेसनमा छन् भने २ सय २० जना निको भएर फर्किएका छन् । कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस