दाङ, १९ जेठ । ठुरेको जंगलमा १२ जनाको ज्यान जानेगरि भएको सवारी दुर्घटनामा परेका दाङका एक जनासहित ३ जनाको सनाखत भएको छ ।

ज्यान जानेमा राजपुर गाउँपालिका–६ निबासी २१ बर्षका राजकुमार पुन, दैलेखको गुराँस गाउँपालिका–४ निबासी ३५ बर्षका चालक दानबहादुर खड्का, सुर्खेतको विरेन्द्र नगर नगरपालिका ३ तातोपानी निवासी २३ बर्षका पवन भण्डारी, रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदय सापकोटोले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाएका अन्य ९ जनाको भने अझै सनाखनत हुन सकेको छैन् । मृतकसंग नाम ठेगाना खुल्ने कुनै पनि कागजात नभएका कारण सनाखत हुन नसकेको प्रहरीले बताएको छ । अपुष्ट रुपमा आएका मृतकको नाम वास्तविक हो या होईन भन्ने एकिन गर्न सम्बन्धित जिल्लाका प्रहरी युनिटमा सम्पर्क गरेर रुजु गर्ने काम भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए । मृतकका आफन्तहरु सम्पर्कमा नआउँदासम्म सनाखत नहुँने प्रहरीले बताएको छ ।

गएराती नेपालगंजबाट दाङ हुँदै सल्यानका लागि छुटेको हाईस राप्ती सोनारी गाउँपालिका अन्र्तगत ठुरेको जंगल नजिकै रोकिराखेको ट्रकमा ठोक्कीदा दुर्घटना भएको थियो ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस