दाङ, १९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९८ पुगेको जानकारी दिनुभयो ।

संक्रमित हुनेमा सबैभन्दैदा बढी लेखका ४१ जना रहेका छन् । त्यसैगरी कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९, रौटहतका १८, कैलालीका १४, सल्यानका १०, दाङका ९, बाँकेका ७, धनुषाका ७, सुर्खेतका ५, सिरहाका ५, नवलपरासी पूर्वका ३, पाल्पा ३, रुपन्देही २, झापाका २, महोत्तरीका २, मकवानपुरका १, उदयपुरका १, अछामका १, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ रहेको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस