सल्यान, १९ जेठ । सल्यानका थप १० जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । यी संक्रमित पनि यसअघि २५ जना संक्रमित पुष्टी भएको वनगाड कुपिण्डे नगरपालिकाकै रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको सख्या ३५ पुगेको छ । संक्रमित हुनेहरु सबै भारतबाट आएका व्यक्तिहरु रहेका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पीसीआर विधिबाट गरिएको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार बनगाड कुपिण्डे नगरपालिका–१ का दुई, वडा नं ३ का दुई, ५ का तीन, ६ का एक र ७ का दुई गरी १० जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेहरु नगरपालिकाकै विभिन्न क्वारेनटाईनमा बस्दै आएकाहरु रहेका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस