दाङ, १९ जेठ । कोरोना भाइरसबाट दुई बालबालिकासहित १३ जनामा थप संक्रमण पुष्टी भएको छ । आजै २ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि जानकारी गराएको थियो । योसँगै एकैदिन कोरोनाबाट संक्रमित हुनेको संख्या २ सय ३९ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा सोमबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस