दाङ, २० जेठ । बुद्ध हस्पिटल प्रालिको नाम जोडेर केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति विज्ञप्ति जारी गर्दै हस्पिटलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चार माध्यमले बास्तविकता नबुझी एकतर्फी रुपमा हस्पिटलको बदनाम गर्ने उद्देश्यले समाचार प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘अन्य बिरामीहरुको उपचार भइरहेकोले कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी आउँदा उचित सल्लाह दिई क्वारेन्टाइनमा बस्न वा पिसिआर जाँचको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको’ उल्लेख छ ।

प्रमुख कार्यकारी अधिकृत शर्माले समाचारमा सत्यता नभएको भन्दै भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ । कोरोना भाइरस रोकथामका लागि जिल्ला बिपद् व्यवस्थापन समितिसँग बुद्ध इन्टरनेशनल हस्पिटल प्रालिले सहकार्य गर्दै आइरहेको र आउँदा दिनमा समेत सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस