दाङ, २० जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै स‌ंक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । नेपालमा हाल १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा बसेका छन् ।

१ हजार ८ सय २५ जना आइसोलेसनमा छन् भने २ सय ६६ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस