दाङ, २१ जेठ । नेपालमा कोरोना भाइरसका कारण थप एकजना मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाका कारण दोलखाको ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टी गर्नुभएको हो ।

देवकोटाकाअनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उहाँलाई हेमोराइजिक स्ट्रोक भएको थियो । अपरेसन गरिएका उहाँको जेठ १५ गते स्वाबको परीक्षण पश्चात कोरोना पोजिटिभ देखिएको थियो ।

थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखिएकोमा उहाँको बुधबार निधन भएको हो । हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस