दाङ, २१ जेठ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस